पछिल्लो समय वैदेसिक रोजगारीमा जानेको संख्या ह्वात्तै वढेको छ । स्वदेशमा वसेर काम नपाइने वा पढ्नको लागि भनेर विदेसिने संख्या धेरै रहेको छ । तर विदेश जाने धेरैले सुरक्षित रोजगारीको लागि सावधानी कमै अपनाएको पाइन्छ । उनिहरुको चाहाना केवल विदेश पुग्नु मात्र रहेको छ । यदि कोहि रोजगारीको लागि विदेश जादै हुनुहुन्छ भने धेरै कुरामा ध्यान दिन जरुरी रहेको छ ।
सुरक्षितरुपमा वैदेशिक रोजगारमा जाऔं । सीप सिकर मात्र वैदेशिक रोजगारीमा जाऔ नत्र अलपत्र पर्न सकिन्छ । जसको लागि आधिकारिक संस्थाबाट स्वास्थ्य परिक्षण र बीमा गराउन जरुरी रहेको छ ।
अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिऔ र अनिवार्य रुपमा श्रम स्वीकृती लिऔ नत्र कानुनी रुपमा समस्या पर्ने छ । कामदार भिसामा मात्र वैदेशिक रोजगारमा जाऔ र वैदेशिक रोजगारीमा जानु अघि घर–परिवारसंग सरसल्लाह गरौं, नत्र घरायासी समस्यामा जेलिन पर्ने खतरा रहेको छ । जो जादै हुनुहुन्छ उहाँ मानसिक रुपमा तयार हुनुपर्दछ र आफ्नो सबै कागजातको एकएक प्रति घर–पररवारलाई छोड्नु पर्दछ । नत्र समस्याको सिकार वन्न सकिन्छ र यसवारे समयमै सोचौं ।ं

Facebook Comments Box