विसंगतिको तारोमा अहिले समाज परेको छ। अराजकता, अस्लीलता, छाडापन र कुसंस्कारको चंगुलमा अहिलेको समुदाय छ ।
रानैतिक अराजकता, अव्यवहारिक, अरुको आलोचनामात्रै गर्ने सिलसिलाले समाजलाई कता लान्छ भन्नेकुरा गम्वीर रहको छ ।
सिर्जनशिलता , ज्ञान र सिपलाई पछाडी पार्दै समाजलाई आफ्ना् मुठ्ठीमा पार्नखोज्ने प्रवृति हावीभइरहेको छ ।
विचारलाई भन्दानी शक्तिलाई केन्द्रमा राखेर काम गर्ने संस्कार नै हुन लागेको छ । वेतिथीको सिकार वन्न लागेको समाजलाई रुपान्तरण गर्नपर्ने अहिलेको आवश्यकता रहेको छ ।
समाजिक मुल्यमान्यतालाई परिवर्तनको नाममा गलत सावित गर्ने र नयाँ सकरात्मक शैलिको प्रयोग गर्न चुकेको अहिलेको अवस्था रहेको छ ।हाम्रो सोचाई अरु परिवर्तन होस् भन्ने सोच्दछौं । तर पहिले आफुले आफैलाई हेरी परिर्वतन गर्न जरुरी रहेको छ ।
सामाजिक न्यायको हिसाव र शक्ति सन्तुलनको मर्मलाई जागृत गर्दै समाजलाई अग्रगतिमा लानपर्ने अहिलेको आवस्यकता रहेको छ । समाजलाई एउटा थितिमा ल्याउन सवैले सचेत बन्न पर्ने अवस्था रहेको छ ।

Facebook Comments Box