नेकपा (एमाले ) सिन्धुपाल्चोकको दशौं जिल्ला अधिबेशन चौतारामा यहि चैत्र १६ देखि १८ सम्म हुँदैछ । सो पार्टिका केन्द«ीय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपि ओलिले उद्घाटन गर्नी अधिबेशनमा नेतृत्व पनि चयन हुँदैछ । ६ हजार भन्दा माथी संगठानिक सदस्य रहेको एमालेले ८ सय भन्दा बढी प्रतिनिधि चौतारामा उतार्ने भएको छ ।
सिन्धुपाल्चोक एमाले अन्यपार्टी भन्दा लोकप्रिय मतका आधारमा पहिलो पार्टी हो । तर स्थानिय निर्बाचनमा १२ वटा स्थानीय तह मध्ये ३ वटा पालिका प्रमुख र ४ वटा उप प्रमुख मात्र जितेको छ । प्रदेश र संघमा त शून्य नै भएको छ । अन्य दलको गठबन्धनका कारण यो नतिजा बोकेर हिडेको एमाले जिल्ला अधिबेशनको सङ्गारमा छ ।पछिल्लो समय केही नेताहरुको अकर्मण्यता कारण पुनः गुटिय राजनीतिमा पिल्सिएको एमालेले यो अधिबेशनलाई चोटिलो बनाउदै छ । नेतृत्व हत्याउनको लागि रस्साकसी केही ब्याक्तिमा देखिन्छ । कार्यकर्ताको भावना बिपरितका गतिविधिले एमालेमा दारार पैदा भएको छ । मनोमानी र आलोचनाको अस्रहरु निर्माण गर्दै पर्दा भित्र वा बाहिरै प्रहार गर्ने तत्वहरुको सिकार बन्दै छ एमाले ।
यसरी राजनैतिक दल भित्रको कलहलाइ ब्यबस्थित गर्न दसौ अधिबेशनले महत्त्वपूर्ण भुमिका निर्माण गर्दछ भन्ने बुझाइ एमालेका कार्यकर्ता पक्षको छ । जिल्लाको जिम्मेवार पार्टी एमालेले आगामी नेतृत्व कस्तो पाउछ भन्ने कुराले जिल्लाको समृद्धिका सन्दर्भलाइ पनि प्रभाब पर्दछ । जुनसुकै पार्टी र त्यसको नेतृत्वले सिन्धुपाल्चोकको बिकासमा असर र प्रभाव पारिरहेको हुन्छ ।

Facebook Comments Box