जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका, टुकी संघ सुनकोशी र ह्याण्डिक्याप इन्टरनेसनलको त्रिपक्षीय साझेदारिमा २ दिने स्वास्थ्य कर्मीहरुको लागि प्राथमिक ट्रमा केयर तालिम सुरु भएको छ ।
टुकी संघ सुनकोशीका परियोजना संयोजक महेन्द्र कार्कीले अपांगता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको स्वास्थ्य पुनरस्थापना तथा आर्थिक सामाजिक समावेशीता सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत सो तालिम सुरु गरिएको जानकारी दिए । २ दिन सञ्चालन हुने तालिममा इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट १÷१ जना र मेलम्ची नगरपालिका भित्रका डाक्टर र स्वास्थ्य सहायक सहित २६ जना स्वास्थ्यकर्मीहरु सहभागिता रहेका छन् ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची क्षेत्रमा यस्तो तालिम अपरिहार्य रहेको बताए । सहभागिहरुलाई सक्रिय भएर सहभागि हुन आग्रह गर्दै आगामी दिनमा आइपर्ने समस्याहरु सहजीकरण गर्न र आपतकालिन अवस्थामा विरामीहरुको हेरचाह र प्राथमिक उपचारमा मद्धत पुग्नेमा विश्वस्त रहेको नगर प्रमुख तामाङले बताए ।

यस्ताखाले तालिमले विभिन्न समयमा भइपरि आउने घटनाहरुमा छिटो भन्दा छिटो बिरामीको हेरचाह र उपचार गर्न फाइदा पुग्ने मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधानले बताईन् । उनले दुर्घटना भएर अंगभंग भएको अवस्था र विपदजन्य घटनामा भरपर्दो सेवा दिन अहिले सिकेको सिप प्रयोगमा ल्याउन सकियो भने अप्रिय घटना नहुने बताईन् ।
ह्यान्डिक्याप इन्टरनेसनलका परियोजना प्रबन्धक महेन्द्रविक्रम शाहले तालिम कार्यक्रमको आवश्यकता र तालिमको महत्वबारे प्रष्ट पारे । २ दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रम टुकी संघ सुनकोशीका अध्यक्ष राजेन्द्र कुमार भण्डारीको अध्यक्षता र कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद पौडेलले गरेका थिए । बिहिबारसम्म चल्ने तालिमको सहजिकरण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरुले गर्नेछन् ।

Facebook Comments Box