जनतापत्र, सिन्धुपाल्चोक ।


माओवादी पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो ।
उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
महरालाई सुन तस्करी प्रकरणमा सोमबार प्रहरीले पक्राउ गरेको थियो । महरालाई पक्राउ गरेर हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार नै जिल्ला अदालतमा पेस गरेको थियो ।

Facebook Comments Box