रन्जना श्रेष्ठ, हेलम्बु ।

हेलम्बु गाउँपालिकामा स्थानीय स्तरमा विपदको पुर्वतयारी र प्रतिकार्य गर्नको लागी स्थानीय सरकार तथा समुदायहरुको क्षमता अभिवृद्धी गर्नको लागी स्थानीय आपतकालिन केन्द्र स्थापना र हस्तान्तरण गरिएको छ । उक्त केन्द्रमा प्राविधिक र खोज तथा उद्दार सामाग्रीको व्यवस्था गरिएको छ । केन्द्र हेलम्बु गाउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य छिरिङ लामा, प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठ, शिक्षा शाखा प्रमुख धनध्वज लामा, बिपद फोकल पर्सन हरिबहादुर श्रेष्ठ, प्राक्टिकल एक्सनको तर्फबाट परियोजना अधिकृत मिनेस गुरुङ र (सि डि सि एफ ) को तर्फबाट परियोजना संयोजक इच्छाराम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
सामुदायिक विकास तथा वातावरण संरक्षणका विपद फोकल पर्सन इच्छाराम सापकोटाले स्थानीय आपतकालिन केन्द्रमा ४० प्रकारका खोज तथा उद्दारको सामग्रीहरु रहेको जानकारी दिए । सापकोटाले पुर्वसुचना र मौसम सम्बन्धी जानकारी दिने डिजिटल डिस्प्ले बोर्ड राखिएको र उक्त केन्द्रबाट विपद तथा पुर्वसुचना सम्बन्धी जानकारीहरु लिन सकिने बताए ।
प्राक्टिकल एक्सनका परियोजना संयोजक मिनेश गुरुङले स्थानीय आपतकालिन केन्द्र स्थापना समुदाय केन्द्रित बाढिमा आधारित पुर्वसूचना प्रणाली परियोजना अन्तर्गत गरिएको जानकारी दिए । उक्त परियोजना यु.यस.एड को आर्थिक सहयोग र प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण संरक्षण मंचको आयोजनामा सन्चालन भई रहेको छ । परियोजनाका सामाजिक परिचालक श्याम सुन्दर लामिछानेले हस्तान्तरण कार्यक्रमको सन्चालन तथा केन्द्रमा रहेका सम्पुर्ण सामाग्रीहरुको विस्तृत जानकारी गराएका थिए ।

Facebook Comments Box