जनतापत्र, चौतारा ।
नेकपा एमालेको दशौं अधिवेशनमा निर्वाचित कमिटीको सपथ ग्रहण भोली हुदैंछ । एमाले पार्टी कार्यालयमा हुने सो कार्यक्रममा जिल्ला कार्य समिति र लेखा समितिले सपथ लिनेछन् ।
यो पटक जिल्ला कमिटीमा युवाहरुको उपस्थीति बलियो रहेको छ । होम नारायण श्रेष्ठले निर्वाचन जिते पछि सिन्धु एमालेमा नयाँ नेतृत्व निर्माण भएको छ । ४० वर्ष भन्दा मुनिको युवाहरुको जिल्ला कमिटीमा वज्रस्व रहेको छ । राजनीतिमा पाका पुस्ता यो कमिटीबाट करिव करिव पाखा लागेका छन् । पार्टी निर्माणमा दुख भोगेका पक्ति यो अधिवेशनवाट केही भन्दा वाहेक वाहिरिएका छन् । राजनीतिमा पुस्ता हस्तान्तरणको नारा घन्कीरहदाँ अहिलेको कमिटी निर्माणले नयाँ पुस्तालाई अगाडी ल्याएको छ ।
पहिलाको जिल्ला कमिटीमा रहेका ४२ जना यस कमिटीमा निर्वाचित भएका छन् । यसर्थ पाटी अध्यक्ष होमनारायण श्रेष्ठको नेतृत्व युवाहरुको साथमा रहने छ ।
निर्वाचनका वेला २ पक्ष प्रष्ट देखियो । र परिणाममा होमनारायण श्रेष्ठले जितिरहदा पदाधिकारीमा कमल नेपाल पक्षको हावी भयो । सदस्यहरुमा पनि नेपाल पक्षकै वाहुल्यता रह्यो । फरक मनोविज्ञानलाई समावेश गरि एमाले एक ढिक्का वनाउन अहिलेको नेतृत्वलाई चुनौति छ । निर्वाचनको वेला पक्षमा नारावाजी लगाउन त सजिलै भाको थियो । तर अवका दिनमा त्यो दरार मेट्न पर्ने जरुरी छ । नेतृत्वको आलोचना गर्न जस्तो सजिलो नेतृत्व गर्न हुने छैन ।
जे जस्तो परिणाम आको छ , त्यसलाई सहर्ष स्वीकार गरेर एमाले एक वनाउँन अहिलेको नेतृत्व अगाडी वढ्यो भने सिन्धुपाल्चोकमा एमाले फेरी पहिलो पार्टी वन्न सक्दछ ।
युवाहरुको जोस र जाँगरलाई साँगठानिक शक्तीमा बदल्दै, गुट गत राजनीतिलाई त्याग्दै पार्टीमा सवैको अपनत्व रहने वातावरण वनाउन सक्नुपर्दछ । पख्लास र देख्लास्को जुगाँ लडाईको अन्त्य हुन जरुरी छ । नेतृत्वलाई विश्वास गर्न पर्दछ र नेतृत्वले विधिगत ढंगको कार्यसंचालन गर्न पर्दछ । युवाहरुको पंक्तिलाई राजनैतिक, सैदान्तीक र व्यवहारिक वनाउने हो भने, यो कमिटी सफल वन्ने अपेक्षा राख्न सकिन्छ ।

Facebook Comments Box