रन्जना श्रेष्ठ, चौतारा ।

आजदेखि नयाँ शैक्षिक सत्रका लागि ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन र घरदैलोलगायतका कार्यक्रम हुनेछन् । सरकारले अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ ।
अभियानको पहिलो दिन आज मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि तयार पारेको सहजीकरण कार्ययोजनामा देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ ।

Facebook Comments Box