रन्जना श्रेष्ठ, चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रम कार्यन्वयन गर्न सुचना निकालेको छ । आइतारबार नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रममा सहभागी हुन शिक्षकहरुको आवेदन माग गरेको हो ।
नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रम आर्थिक वर्ष २०८०÷८१ को नगर विकास योजनाको शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत शिक्षकसंगको साझेदारीमा कार्यन्वयन गर्ने भएको हो । नगरपालिका भित्रका इच्छुक शिक्षकहरुले उक्त कार्यविधि २०८० अनुसार कार्यन्वयन हुने कार्यक्रममा सहभागी हुने आवेदन पेश गर्न सकिने प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

Facebook Comments Box