जनतापत्र, चौतारा ।

चौथो बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाबाट प्रतिनिधित्व गरि सहभागी भइ कास्य पदक जित्न सफल हिराहरी तेक्वान्दो डोजाङ्गका खेलाडी मेनुका श्रेष्ठले जितेकी छिन् ।
जैशिदेवल युथ क्ल्बद्वारा नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यलय सातदोबाटो , ललितपुरमा माघ २५ देखि २७ गतेसम्म आयोजित प्रतियोगितामा सहभागि श्रेष्ठलाई हिराहरी तेक्वान्दो डोजाङ्गले सम्मान पत्र सहित नगद रु १ हजार प्रदान गरि सम्मान गरिएको छ । साथै हिराहरी तेक्वान्दो डोजाङ्गकामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ द्यभति एचयmयतष्यल त्भकत सम्पन्न भएको आयोजकले जनाएको छ । सोही ग्रेडिङमा पुरुषतर्फ राजिब ढुंगाना र महिलातर्फ निभा श्रेष्ठ उत्कृष्ट खेलाडी भएको र उत्कृष्ट खेलाडीहरुलाइ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङ, प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा सदस्य तथा समाजसेबी रामबहादुर घलेद्वारा संयुत्त रुपमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेको थियो । ग्रेडिङमा हरियो निलो पेटीतर्फ सुनिधी कक्षापति, पहेलो पेटी तर्फ उदिता घिमिरे , पहेलो हरियोमा निभा श्रेष्ठ , हरियो पेटीतर्फ बिजय श्रेष्ठ , राभ्या श्रेष्ठ, बिन्दा श्रेष्ठ, बिराज तामाङ, निलो पेटीतर्फ राजिब ढुंगानाले डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण भएको कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बताए ।

Facebook Comments Box