जनतापत्र, मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ । दोलखा युवा सञ्जालले आयोजना गरेको प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधि जितेको हो । सिन्धुलीको कमलामाई नगरपालिका भने तृतीय भएको छ ।
प्रतियोगितामा विजेतालाई दुई लाख ५१ हजार, उपविजेतालाई एक लाख ५१ हजार र तृतीय हुने टिमलाई ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा टिमको सहभागिता रहेको थियो ।

Facebook Comments Box