रन्जना श्रेष्ठ, हेलम्बु ।


हेलम्बु गाउँपालिकामा हुने भनेको हाइ अल्टिच्यूड प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता निर्धारित समयमा कुनैपनि टिम दर्ता हुन नआएपछि स्थगित भएको छ ।
हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकले खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सर्वाधिक पुरस्कार राशिको हाइ अल्टिच्युड (२५०० मि. उचाइ ) मा प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता २०८० गर्ने भनिएको थियो ।
गत चैत २३ गतेदेखि ३० गतेसम्म गर्ने भनिएको प्रतियोगितामा चैत २३ गतेदेखि २६ गतेसम्म पुरुष र चैत २७ गतेदेखि ३० गतेसम्म महिला भलिवल गर्ने पूर्वनिर्धारित कार्यक्रम तय भएपनि कुनैपनि टिम दर्ता नभएपछि प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।
निर्धारित समयावधि गत चैत १९ भित्र कुनै पनि टिमहरु दर्ता नभएको र टिम दर्ता गर्ने समयावधि चैत ३० गतेसम्म टिम दर्ताको लागि म्याद थप गर्दा पनि केही टिमहरुको पत्र मात्र प्राप्त भएको तर सो वापतको टिम दर्ता शुल्क कुनै पनि टिमहरुले पेश नगरेको हुनाले हाललाई हाई अल्टिच्युड (२५०० मिटर उचाईमा गर्ने प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता २०८०’ स्थगन गरिएको हो ।

Facebook Comments Box