रन्जना श्रेष्ठ, सिन्धुपाल्चोक ।

प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरिय भलिवल प्रतियोगिता २०८०को उपाधि बरुवा सिर्जनशिल युवा समूहले हासिल गरेको छ । सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले बरुवामा सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र, र द्वितिय हुन सफल लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए । त्यस्तै उनले थाङपालकोट तेस्रो र भोटलाम्लाङ चौथो भएको जानकारी दिए । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ ।
बिजेताहरुलाई पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबो,सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा पालिकाका ६ टिम सहभागि थिए ।

Facebook Comments Box