रन्जना श्रेष्ठ, मेलम्ची ।

मेलम्ची नगरपालिका ८ को क्यौरानीमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता आज सुरु भएको छ । वडा अध्यक्ष जितबहादुर तामाङले पर्सि सम्म चल्ने भलिबल प्रतियोगिताकोे उद्घाटन गरे । आयोजकका सुवाश गिरीले प्रतियोगितामा १७ टिम सहभागि रहेकोे र उद्घाटनमा मेलम्ची ८ लाभगाँउ र मेलम्ची ७ सेल्लेको टिम भिडिरहेको जानकारी दिए ।
आयोजक जिल्ला स्तरिय भलिवल प्रतियोगिता सञ्चालन समितिका कृष्ण तामाङले प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.१ लाख द्वितीय पुरस्कार नगद रु.६० हजार तृतीय पुरस्कार नगद रु. ३०हजार र सान्तव्नाले १५ हजार ट्रफी, मेडल, प्रमाण–पत्र र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण–पत्र रहेको बताए ।

Facebook Comments Box