रन्जना श्रेष्ठ, मेलम्ची ।
मेलम्ची ९ रातामाटामा आयेजित वडा अध्यक्ष कप भलिबलको उपाधि घिसिङ निर्माण सेवा ज्यामिरेले हात पार्न सफल भएको छ । बुधबार सम्पन्न फाइनलमा रातमाटा विचटोललाई पराजित गर्दै घिसिङ निर्माण सेवाले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।
आयोजकका अध्यक्ष सुनबहादुर घलेले दोस्रो हुन सफल रातमाटा विचटोलले १५ हजार र आयोजक सिन्धु योङस्टार लाई पराजित गर्दै तेस्रो भएको लागर्चे ८ ले १० हजार नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरेको जानकारी दिए ।

वडा अध्यक्ष किरणदिप खड्का लगायतले प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडी लार्ई पुरस्कार प्रदान गरे । प्रतियोगितामा वेस्ट प्लेयर गगन विष्ट , वेष्ट स्पाईकर विजय तामाङ वेष्ट सेटर मिलन गिरी, वेष्ट डिफेन्स कुमार खड्का , वेष्ट व्लकर सबिन घले , वेष्ट सर्बर पुष्कर कार्की घोषित भए । ७ टिम सहभागी प्रतियोगिता वडा कार्यपालिकाको सहयोगमा गरिएको हो ।

Facebook Comments Box