जनतापत्र, पाँचपोखरी ।
पाँचपोखरी टि–२० को उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेको छ । फाइनलमा ह्योल्मो ११ लाई १३ रनले हराउदैं पाँचपोखरीले उपाधी हात पारेको हो ।
फाइनल खेलको म्यान अफ द म्याच भएका बिजयी टोलिका कप्तान सार्थक धिताल म्यान अफ द सिरिज समेत भए । बेष्ट ब्याट्सम्यान ह्योल्मो ११ का बिनोद तामाङ, बेष्ट बलर पाँचपोखरी क्रिकेट क्लबकै बिजय कुमार धिताल र पाँचपोखरी हिमालयन क्रिकेट क्लबका पासाङ दोर्जे तामाङ उदयमान खेलाडी घोषित भए ।
सो कार्यक्रममा पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामा, हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी लगायत खेलप्रमी जनमानसको व्यापक उपस्थित रहेको थियो ।

Facebook Comments Box