जनतापत्र, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ६ मा एकल महिला संजाल गठन गरिएको छ । समितिको अध्यक्षमा लक्ष्मी अर्याल,उपाध्यक्षमा उषा थापा खत्री, सचीवमा देवशानी लामा सदस्यहरुमा मिनकुमारी थापामगर,गोमा देउजा,खोमादेबी ढुंगाना,इन्द्रकुमारी बस्नेत चुनिएका छन् ।
एकल महिला हरुले भोग्नुपरेको दुःख,पिडालाई बुझ्ने र आगामी दिनमा उहाँहरुलाई सहयोग पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्पष्ट पारिन् । संजाललाई चलायमान बनाउन लागी र एकल महिलाको समस्याको बारेमा आवाज उठाउन सक्ने ब्यक्तिलाई अहिले एकल महिला नगर संजालको अध्यक्ष बनाएको भन्दै अब एकल महिलालाई सामाजिक रुपमा बलियो र आर्थिक हिसाबले समेत सबल बनाउन सकिने उनले बताईन् ।
उपप्रमुख प्रधानले १३ वटै वडामा एकल महिला संजाल गठन गर्ने बताउँदै सबै वडा वडा बाट आएको समस्या लाई मध्यनजर गरी आगामी दिनमा बजेट ब्यबस्थापनका लागी नगरमा छलफल गर्ने उद्घघोष गरिन् । कार्यक्रममा एकल महिला संजालका मेलम्ची नगरपालिकाका अध्यक्ष सुनिता देउजा पराजुलीले सबै वडा वडामा पुगेर एकल महिला संजाल गठन गरि उहाँहरुको माग र आवश्यकता आधारमा आगामी कार्ययोजना तयार गरिने बताईन् । एकल महिला हरुको आवश्यकता,समस्या,मागलाई मध्यनजर गरि विभिन्न कार्यक्रम तय गर्ने र आयआर्जन मुलक सिप संग जोड्नमा लागी कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले प्रष्ट पारिन् ।
महिला बालबालिका तथा समावेशीकरणा शाखाका प्रमुख राजेन्द्र दुलालले अहिले सम्म वडा नम्बर १,२,६,७,९ वडामा सकिएको र अब बाकी वडामा समेत संजाल गठन गर्दै जान जानकारी दिए । वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष भोलानाथ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रिममाया लामा, राजस्व शाखा प्रमुख राजेन्द्र दुलाल, वडा सचीव पशुपति बिश्वकर्मा,मिनबहादुर देउजा लगायतको उपस्थिति रहेका थिए ।

Facebook Comments Box