जनतापत्र ÷ सिन्धुपाल्चोक
मेलम्ची –७ दुवाचौरको श्री बालसुधार माध्यमिक विद्यालयमा ६६ औं बार्षिकोत्सव , २४औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम भएको छ । सोमबार सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताईन् । बालमैत्री वडा घोषणा भइ सकेको बताउँदैे बालमैत्री वडालाई आवस्यक सहयोग गर्न तयार रहेको बताईन् । भुतपुर्व विद्यार्थीहरुले गरेका कामको प्रशंसा गर्दै उनले शिक्षाको विकासको लागि गरेको कामको निरंतरताको कामना गरिन् । उनले विद्यालय क्यान्टिनका लागि यहि बर्ष नभएमा अर्को आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाईन् ।
विधालयले गरेको प्रगतिप्रती चाइल्ड नेपालका अध्यक्ष विद्यालयका पुर्व प्रधानाध्यापक ठाकुरप्रसाद खकुरेलले खुशी व्यक्त गरे । भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष प्रदिप पुरीले अहिले तदर्थ समिती रहेको अब कानुनी प्रक्रिया पूरा गरि सबैलाई समेटी चाडैं नयाँ कार्यसमिति निर्माण गरिने बताउदैँ विद्यालयको शैक्षिक र भौतिक लगायत सुधारमा सदैब साथमा रहने बताए ।
विद्यालयको विकासका लागि सधैं लागि रहेको र लागि पर्ने भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष प्रदिप पुरीले बताए । शिक्षक , अभिभावक र विद्यार्थी सबैको मेहनतबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले सबैलाई यसमा ध्यान दिन वडा अध्यक्ष पासाङ तामाङले आग्रह गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज सुवेदीले नगरपालिका , वडा र अन्य तहका सरकारलाई शिक्षाको गुणस्तर सुधार्न समिती लागि रहेको बताउँदै विद्यालयलाई आवश्यक सहयोग गर्न आग्रह गरे ।

Facebook Comments Box