रन्जना श्रेष्ठ, मेलम्ची ।

मेलम्चीमा पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत अपाङ्गता समावेशी, विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट सुजन दुलाल,हेलम्बु गाउँपालिका बाट हरिबहादुर श्रेष्ठ,पाँचपोखरी थाङपाल गाउँपालिकाको तर्फबाट नारायण क्षेत्री लगायतले आफ्नो पालिकाले विपदको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराए । तालिममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरणका लागी स्थानीय तहमा आवधिक योजना बनाउदा यो सम्बन्धी क्रियाकलापहरु समावेश गर्नका लागी छ्लफल भएको थियो ।
पहिरो पुर्व सुचना प्रणालीका परियोजना संयोजक राजेश गौतमले आगामी दिनमा आइपर्ने विपत्तिहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको जिउधन रक्षाका लागी टेवा पुर्याउन सकियोस् भन्ने तालिमको मुख्य उदेश्य रहेकोे जानकारी दिए ।

परियोजना संयोजक गौतमले तालिममा कार्यक्रमको उदेश्यबारे प्रष्ट पारेका थिए । उनले मानवीय जिउधन र समुदाय स्तरमा सचेतना फैलाउने उदेश्यले कार्यक्रम गरिएको बताए । कार्यक्रममा पाक्टिकल एक्सनका परियोजना ब्यबस्थापक विना खड्काले समयमै सूचना दिएर ज्यान बचाउनु नै मुख्य उदेश्य रहेको बताउदैँ जल तथा मौषम विभाग संग मिलेर काम गर्ने भएकाले सिकाइ उपलब्धी अझै राम्रो हुने बताए ।
खड्काले महिला बालबालिका तथा अपाङ्गता भएका ब्यक्तिहरु लाई समेत विपदका बेला कसरी सुरक्षीत गर्न सकिन्छ भनेर कार्यक्रममा छलफल गरिने जानकारी दिए । संस्थासँग समन्वय गर्दै गरिएको कामले स्थानीय तहलाई फाइदा पुगेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले बताईन् । कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मंचका अध्यक्ष रामजी थापाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा विपद बाट हुने क्षति न्यूनीकरणका लागी यो तालिम फलदायी हुने बिश्वास व्यक्त गरे ।

Facebook Comments Box